हराएका राहदानी विवरण इन्टरपोलमा

१५ साउन, काठमाडौं । सरकारले एक लाख २० हजार नेपाली राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को केन्द्रीय डाटाबेस प्रणालीमा राखेको छ ।
Nepali-passportसाढे चार वर्षमा नेपालभित्र र बाहिर हराएका तथा चोरी भएका नेपाली राहदानीको विवरण सरकारले इन्टरपोललाई उपलब्ध गराएको हो । इन्टरपोलले हराएका राहदानी दुरुपयोग नहोस् भनेर सातै दिन चौबीसै घन्टा निगरानी राख्ने गरेको नागरिकमा खबर छ ।
‘जानकारीमा आएको हराएका नेपाली राहदानीको संख्या एकदमै ठूलो छ । हराएका सबै नेपाली राहदानीको विवरण इन्टरपोलको डाटाबैंकमा राखिसकेका छौं,’ नेपाल प्रहरी इन्टरपोल शाखाकी डिएसपीमाथि निगरानी भइरहेको छ । हराएका नेपाली राहदानी दुरुपयोग भएको छिटपुट भेटिएको छ ।’
चोरी तथा हराएका राहदानी अन्तरदेशीय अपराधमा प्रयोग हुने गरेको प्रमाण धेरैपटक भेटिएपछि यसलाई रोक्न इन्टरपोलले यस्ता राहदानीको विवरण सदस्य राष्ट्रसँग माग्ने र उपलब्ध गराउने गरेको छ ।

Posted in:

0 comments for "हराएका राहदानी विवरण इन्टरपोलमा"

Leave a reply